टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडाैं | असार १०, २०८०

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा हिजो राति भएको दुर्घटनामा  परेर एक जनाको मृत्यु भएको छ । 

 

भैँसेबाट हेटौँंडातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा २५ वर्षका अमित कपाडीको ज्यान गएको हो । 

 

टिपरको ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

स्कुटरका चालक सामान्य घाइते भइ हेटौँडा अस्पताल उपचारपश्चात घर फर्किसकेका प्रहरी निरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्